भीमफेदीमा बस र ट्रक ठोक्किए, ट्रक चालक चिच्याएको भिडियो फेसबुकमा, प्रहरी बेखबर

२० मंसिर २०८०, बुधबार १३:४६

काठमाडौं । मकवानपुरको भीमफेदी ८ गंगटेप्रतापमा बस र ट्रक आपसमा ठोक्किएका छन् । बससँग ठोक्किएपछि ट्रक सडक छेउमा पल्टिएको छ भने ट्रकका चालक र सहचालक गम्भीर घाइते भएका छन् ।

यात्रु तथा स्थानीयहरुले दुर्घटनाको भिडियो नै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दा पनि भीमफेदी प्रहरीले भने यो घटनाबारे आफुहरुलाई कुनै जानकारी नभएको बताएको छ ।

दुर्घटनामा परेका ट्रक चालक चिच्याइरहेको र अन्यले निकाल्ने प्रयास गरिरहेको भिडियो विक्रम तामाङले फेसबुकमा सेयर गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*