एनसेल प्रकरण छानबिन गर्न सरकारले बनायो ५ सदस्यीय उच्चस्तरीय समिति
२१ मंसिर २०८०, बिहीबार ११:२७

काठमाडौं । सरकारले एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा अध्ययन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले बताईन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव फणिन्द्र गौतम, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी, सहसचिव रितेशकुमार शाक्य, नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आइक्यान)का अध्यक्ष सुजनकुमार काफ्ले समितिको सदस्य छन् । समितिलाई ३० दिनको कार्यावधि दिइएको पनि मन्त्री शर्माले बताईन् ।












