भारतीय वित्तमन्त्री निर्मला सीतारमण लगातार पाँचौ पल्ट विश्वका शक्तिशाली महिलाको सूचीमा

२१ मंसिर २०८०, बिहीबार १३:२४

काठमाडौं । भारतीय वित्तमन्त्री निर्मला सीतारमण लगातार पाँचौ पल्ट विश्वका शक्तिशाली महिलामा सूचीमा परेकी छन् । भारतको हकमा भने उनी सबैभन्दा शक्तिशाली महिला ठहरिएकी छन् । व्यापारिक पत्रिका फोर्ब्सले सार्वजनिक गरेको विश्वका १०० शक्तिशाली महिलाको सूचीमा भारतका अन्य चार महिला समेत समावेश छन् । तर, वित्तमन्त्री सीतारमण भारतीय महिलाको पहिलो नम्बरमा छिन् ।

फोर्ब्सको यो सूचीमा एचसीएल कर्पोरेशनकी अध्यक्ष रोशनी नाडर मल्होत्रा, भारतीय इस्पात प्राधिकरणकी अध्यक्ष सोमा मण्डल र बायोकनकी अध्यक्ष किरण मजुमदार शा समेत परेकी छन् । फोर्ब्सले यो सूची आर्थिक मजबुदी, मिडिया, प्रभाव र प्रभाव क्षेत्रको आधारमा तय गर्ने गरेको छ । लगातार पाँचौं पटक स्थान बनाएकी सीतारमण १०० जनाको सूचीमा २२औं स्थानमा छन् ।

रोशनी नाडर ६०औं, सोमा मण्डल ७०औं र मजुमदारले ७६औं स्थानमा परेकी छन् । ६४ वर्षीया सीतारमण इन्दिरा गान्धीपछि भारतको दोस्रो महिला वित्त अर्थात् अर्थमन्त्री हुन् । वित्तमन्त्रालयअघि उनले रक्षा मन्त्रालय पनि सम्हालेकी थिईन् ।

एचसीएलकी अध्यक्ष रोशनी नादर मल्होत्रा अर्बपति व्यापारी हुन् । उनी एचसीएलका संस्थापक शिव नाडरकी एक्लो छोरी हुन् । सोमा मण्डल, भारतीय इस्पात प्राधिकरणकी वर्तमान अध्यक्ष हुन् । उनी सन् २०२१ देखि अध्यक्ष छिन् ।

मण्डल सरकारी सेलको अध्यक्षता गर्ने पहिलो महिला हुन् । किरण मजुमदार भारतीय अर्बपति उद्यमी हुन् । उनले भारतमा बायोकन लिमिटेड र बायोकोन बायोलजिक्स लिमिटेडको स्थापना गरेकी छन् । –एजेन्सीको सहयोगमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*