जुम्लाको न्यूनतम तापक्रम माइनस २ डिग्री, काठमाडौंमा पनि जाडो बढ्यो

२२ मंसिर २०८०, शुक्रबार १०:०३

काठमाडौं । जुम्लाको न्यूनतम तापक्रम माइनस २.६ डिग्री सेल्सियसमा झरेको छ । शुक्रबार बिहान पौने ९ बजेतिर मापन गरिएको तापमान अनुसार जुम्लाको तापक्रम माइनस २.६ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका १६ स्थानको न्यूनतम तापक्रममध्ये जुम्लाको सबैभन्दा कम हो ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम भने ७.५ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाका अनुसार काठमाडौंको हिजो बिहान पौने ९ बजेको न्यूनतम तापक्रम ९.७ डिग्री सेल्सियस थियो । जस अनुसार काठमाडौंमा हिजो भन्दा आज बढी जाडो भएको छ ।

गएको आइतबार (मंसिर १७) काठमाडौंको न्यूनतम तापक्रम यो वर्ष अहिलेसम्मकै कम ७.४ डिग्री सेल्सियस मापन गरिएको थियो । सो दिन महाशाखाको वेबसाइटमा काठमाडौंको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस उल्लेख थियो । यद्यपि, महाशाखाका मौसमविद् सरोज पुडासैनीले सो दिन पनि काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस नै मापन गरिएको बाह्रखरीसित बताएका थिए ।

महाशाखाका अनुसार आज डडेलधुराको न्यूनतम तापक्रम ५.२, ओखलढुंगाको ७.३, वीरेन्द्रनगरको ७.७, दिपायलको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत जानकारी दिने गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*