आज पुनः दुई सयले महङ्गीयो सुन, तोलाको कति ?

२२ मंसिर २०८०, शुक्रबार १०:४९

काठमाडौं । साताको छैठौं दिन सुनको भाउ बढेको छ। अघिल्लो दिन बिहीबार प्रतितोला दुई सयले बढेको सुनको भाउ आज शुक्रबार पुनः दुई सयले महङ्गीएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख १८ हजार ८०० र तेजावी सुन १ लाख १८ हजार २५० रुपैयाँ प्रतितोला कायम भएको छ। अघिल्लो दिन छापावाला सुन १ लाख १८ हजार ६०० र तेजावी सुन १ लाख १८ हजार ५० रुपैयाँ प्रतितोला कायम भएको थियो।

आज चाँदीको मूल्यमा भने स्थिरता आएको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ४६० रुपैयाँमा कायम भएको छ। अघिल्लो दिनपनि चाँदी सोही मूल्यमा कायम रहेर कारोबारमा आएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*