नागढुंगाबाट २ किलो सुनसहित ३ जना पक्राउ

२२ मंसिर २०८०, शुक्रबार १२:४५

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित भरियालाई पक्राउ गरेलगत्तै प्रहरीले दुई किलो अवैध सुनसहित नागढुंगाबाट तीन जनालाई पक्राउ गरेको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीमा दुई किलो सुन फेला परेको हो ।

उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोहीका बिरु तामाङ र सुनिल भुजेललाई पक्राउ गरेको हो । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*