एनसेलको शेयरविक्रीबारे जवाफ दिन प्रधानमन्त्रीलाई नै उभ्याइने

२२ मंसिर २०८०, शुक्रबार १४:५८

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको शेयर खरिदविक्रीबारे जानकारी लिन प्रधानमन्त्री प्रचण्डलाई बोलाउने निर्णय गरेको छ । शुक्रबार बसेको समिति बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कदमबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो ।

समिति सभापति रामहरि खतिवडाले शुक्रबार प्रधानमन्त्रीलाई पत्र पठाइने बताए । त्यसपछि प्रधानमन्त्रीको समय लिएर छलफलको मिति तय गरिने उनको भनाइ छ । समितिको बैठकमा सांसदहरुले एनसेलको सेयर खरिदविक्री शंकास्पद रहेको धारणा राखेका थिए ।

कांग्रेस महामन्त्री गगन थापाले राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठविना एनसेल खरिदविक्री यो रुपमा गर्न असम्भव रहेको बताए । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले एनसेलविक्रीको नाटक मात्रै भएको भन्दै यसलाई गम्भीर ढंगले छानविन गरिनु पर्नेमा जोड दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*