इयुको रिपोर्टबारे बीमापोष्टमा प्रकाशित समाचारमा श्री एयरलाइन्सको खण्डन

२२ मंसिर २०८०, शुक्रबार १७:४९

काठमाडौं । बीमापोष्टमा प्रकाशित श्रीएयर लाइन्स सम्बन्धी समाचार श्री एयरलाइन्सले खण्डन गरेको छ । बीमापोष्टलाई प्राप्त खण्डन जस्ताको तस्तै ।

सम्पादक, ज्यू,
महोदय,
त्यस प्रालिद्धारा संचालित विमापोष्ट अनलाइनमा १५, मंसिर २०८० मा प्रकाशित ‘श्री एयरलाइन्स चढ्दै हुनुहुन्छ ? इयुको यो रिपोर्ट हेर्नुस,’ https://www.beemapost.com/2023/12/104963/) समाचारका निम्न बुदामा हाम्रो गम्भीर ध्यानाकर्षण भएकाले ती आधार अनुच्छेदले अत्याधिक भ्रम सृजना गर्ने भएकाले खण्डन गरीदिनुहुनु अनुरोध गर्दछौं ।

१. ‘नेपालको हवाई उड्डयनको क्षेत्रमा सबैभन्दा धेरै पटक जहाज बिग्रने र नया नयँ समस्या आइरहने श्री एयरलाइन्सकै कारण इयुले नेपाललाई कालोसूचिमा नै समावेश गरेको छ’ यो सत्यता नभएको तथ्य रिपोर्टबाट देखिन्छ ।

२. अझ अन्तर्राष्ट्रिय उडानको तयारीमा रहेको श्री एयरलाइन्सको जहाजहरु पटक पटक धावनमार्गमा बिग्रने, आकाशमा उडिरहेकै बेला समेत समस्या आउने भएका थिए । श्री एयरलाइन्स स्व. वनवरीलाल मित्तलले संस्थापना गरेको जहाज कम्पनी हो । नागरिकको ज्यान जोखिममा पार्ने गरी विगतमा पटक पटक दर्घटनामा परिसकेको छ । २०१८ देखि गत मार्च १०, २०२३ सम्म तीन पटक औपचारिक दुर्घटनामा परेको छ भने महिनैपिच्छे जहाजमा कुनै न कुनै समस्या आउने गरेका छन । यो कुनै सत्यता नभएको र उक्त अवधिमा कुनै दुर्घटना परेको पनि छैन । सबै एयरलाईन्सको विमानमा आउने समस्या सामान्य नै हो र यी समस्यालाई मर्मत संभार गरि पुनः उडान गर्दछ ।

३. संयुक्त राष्ट्र संघीय मिशनलाई हेलिकोप्टर सेवा समेत उपलब्ध गराउँदै आएको श्री एयरलाइन्सको अन्तर्राष्ट्रिय छवी बिग्रेको र नेपालमा हाल क्यानाडामा निर्मित बमबार्डियर जहाजमार्फत आन्तरिक उडान गर्दै आइरहेको श्री एयरलाइन्सका जहाज चढ्नु जोखिमपूर्ण रहेको इयुको अडिट रिपोर्टले औल्याएको छ । उक्त रिपोर्टमा जहाज चढ्नु जोखिमपूर्ण रहेको कतै पनि उल्लेख गरिएको छैन ।

४. इयुले आफ्नो रिपोर्टमा सिधैं श्री एयरलाइन्सको जहाज चढ्नु जोखिमपूर्ण रहेको नभनेर तत्काल श्री एयरलाइन्सको उडान सञ्चालन नीतिमा नै सुधार गर्न सुझाव दिइएको छ ।

युरोपियन युनियन (इयु) ले नेपालको एयरलाईन्सहरु मध्येबाट नेपाल एयरलाईन्स र श्री एयरलाईन्स छानी sample audit गरेको हो । अनुगमन पछिको रिपोर्टमा सुधार गर्नु पर्ने उल्लेख गरेको हो । यस रिपोर्टमा कसैलाई पनि दोषी किटान गरिएको छैन । नेपालको अन्य एयरलाईन्समा अनुगमन गरेको खण्डमा केही न केही कमी कमजोरी भैइ नै रहने र सुधार पनि गर्दै जान्छ । तर यस समाचारमा श्री एयरलाईन्सको मात्र दोष देखाएर एक पक्षिय रुपमा भ्रम श्रृजना गरेको देखिन्छ ।

तसर्थ नेपालबाट भारत लगायतका क्षेत्रिय शहरहरुका लागि हुने मानविय सहायता तथा मेडिकल उद्धार उडानमा पहिलो स्थानमा रहेको श्री एयरलाईन्स लिलाई यी माथि उल्लेखित अनुच्छेदमा गम्भीर चासो र चिन्ता रहेको व्यक्त गर्दै तपाईको लोकप्रिय अनलाइनमा यथासिध्र समाचार खण्डन गरीदिनु हुन अनुरोध गर्दछु ।

अनिल मानन्धर
म्यानेजर, कर्पोरेट

One thought on “इयुको रिपोर्टबारे बीमापोष्टमा प्रकाशित समाचारमा श्री एयरलाइन्सको खण्डन

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*