पर्यटकलाई अग्र्यानिक खानेकुरा खुवाउन अर्थमन्त्री डा. महतको आह्वान

२२ मंसिर २०८०, शुक्रबार २२:५०

पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले पोखरामा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई अग्र्यानिक खानेकुरा खुवाउन आह्वान गरेका छन् । शुक्रबार पोखरामा ८ औं पर्वतीय महोत्सवको उद्घाटन गर्दै मन्त्री डा. महतले प्राकृतिक र अर्गानिक उत्पादन मात्र सर्भ गर्न पोखराका व्यवसायीलाई अनुरोध गरेका हुन् । मन्त्री डा. महतले आजको पर्यटन व्यवसाय विशिष्ट सेवा प्रदान गरेर मात्रै विश्वभर बजारिकरण गर्न सकिने भन्दै पर्यटकको मन जित्न अग्र्यानिक खानेकुरामा जोड दिएका हुन् ।

मन्त्री डा. महतले भने, ‘एउटा होटलबाट सुरु गरौं न यो काम । त्यसपछि यहाँका कृषि उत्पादनले बजार पाउँछ । बजार पाएपछि यहाँका किसानले प्राकृतिक र अर्गनिक खेती गर्न थाल्छन् । खानपिन, रहनसन, भेषभूषा अर्गनिक र पुरानोशैलीको निर्माणले मात्र अब पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।’

‘त्यहाँ छुट्टै कुरा अनुभव गर्न पाइन्छ, छुट्टै कुरा देख्न पाइन्छ भने मात्र पर्यटक आउँछन् । अरुतिरको जस्तै हेर्न यहाँ पर्यटक आउँदैन’ मन्त्री डा. महतले भने, ‘गण्डकी प्रदेश नै सुन्दर ठाउँ हो । तर अहिले नकरात्मक प्रभावबाट दूषित भइरहेको छ । अबको पर्यटन भनेको विशिष्ट पहिचान, सांस्कृतिक, जीवनशैली र विकास निर्माण हो । यहाँको विशिष्टतालाई हामीले पहिचान गर्नुपर्छ । हाम्रो हिमाल, पहाड, सभ्यता, संस्कृति र जीवनशैलीलाई हामीले संरक्षण गर्नुपर्छ ।’

‘पर्यटकको आगमनले हाम्रो जनजीवन पनि माथि उठ्छ । स्थानीय उत्पादनलाई सरकारले अनुदान दिन्छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न आयातमा हामीले भ्याट लगाएका हौं । स्याउको उत्पादनलाई प्रवद्र्धन गर्न आयातितलाई भ्याट लगाइएको हो’ मन्त्री डा. महतले भने, ‘कृषि उद्यमीले अब ठूलो स्केलमा उत्पादन गर्नुपर्छ, जग्गा छ, मान्छे छैन भने उनीहरुको जग्गा पनि भाडामा लिएर उत्पादन बढाउनुपर्छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*