सिटिजन लाइफ इन्स्योरेन्सले जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने, कसरी सहभागि हुने ?

२४ मंसिर २०८०, आईतवार १०:४४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभुत तालिम सञ्चालन गर्ने भएको छ ।

आर्थिक वर्ष २०८०।८१ मा विभिन्न स्थानमा सञ्चालन गरिने जीवन बीमा अभिकर्ता तालिम सम्बन्धि विवरण कम्पनीको आधिकारिक वेबसाईटमा राखिएको कम्पनीले जनाएको छ । कम्पनीले जीवन बीमा अभिकर्ता तालिममा सहभागि हुनको लागि न्यूनतम एसईई तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

साथै, तालिममा सहभागि हुन इच्छुक व्यक्ति तथा संस्थाले आफुलाई पायक पर्ने कम्पनीको कुनै पनि शाखा वा उपशाखा कार्यालय मार्फत तालिममा सहभागि हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*