नक्कली सर्टिफिकेट पेश गरेर राष्ट्रिय अनुसन्धानको अधिकृतमा जागिर खाने बस्नेतविरुद्ध मुद्दा

२४ मंसिर २०८०, आईतवार १४:३४

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएको आरोप छ ।

बस्नेतले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाइस्कुलतहको नक्कली (झुट्टा) प्रमाणपत्र पेश गरी राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिई बढुवासमेत भएको पाइएकाले मुद्दा दर्ता गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए ।

बस्नेतलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६(१) बमोजिम कैद र जरिवाना हुन मागदावी लिई आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको थपलियाले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*