उपचारपछि गंगालालबाट डिस्चार्ज भए गृहमन्त्री श्रेष्ठ

२४ मंसिर २०८०, आईतवार १५:०६

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबाट ‘डिस्चार्ज’ भएका छन् । मुटुको उपचारपछि डिस्चार्ज भएका उनको स्वास्थ्य अवस्था सामान्य रहेको गृह मन्त्रालयले जनाएको छ ।

मंसिर १९ गते मन्त्री श्रेष्ठ काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पताल भर्ना भई मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गराएका थिए ।

गृहमन्त्रालयले जारी गरेको वक्तयमा, ‘उहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकोले चिकित्सकको सल्लाह र सिफारिसमा आज मंसिर २४ गते अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ’ भनी उल्लेख छ । डा. अरुण मास्केसहितको चिकित्सक टोलीले गृहमन्त्री श्रेष्ठको उपचार गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*