समयमै काम नसक्ने एक दर्जन बढी ठेकेदार कम्पनी कालोसूचीमा

२५ मंसिर २०८०, सोमबार १०:२१

काठमाडौं । विभिन्न आयोजनाको ठेक्का लिएर समयमै काम सम्पन्न नगर्ने १४ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले आज (मंसिर २५ गते) एक सूचना जारी गर्दै १४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो।

कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उक्त निर्माण कम्पनीहरुलाई आजैदेखि लागु हुनेगरी कालोसूचीमा राखेको हो।

जसमा १ निर्माण कम्पनीलाई ३ वर्ष, २ निर्माण कम्पनीलाई २ वर्ष, ८ निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य ३ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*