काठमाडौं विश्वविद्यालय ३३औं वर्षमा प्रवेश, अनुसन्धानमा पकड जमाउँदै

२५ मंसिर २०८०, सोमबार १०:१५

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु) ३३ औं वर्षमा टेकेको छ । विश्वविद्यालयले सोमबार स्थापनाको ३२ वर्ष पूरा गरेको छ । २०४८ सालमा तत्कालीन संसदबाट ऐन पारित भएपछि स्थापना भएको केयुले सन् १९८५ को सेप्टेम्बरमा ‘काठमाडौं क्याम्पस’को नाममा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो ।

स्थापनाको ३२ वर्षमा केयुले २८औं दिक्षान्त समारोह सम्पन्न गरी २९औँ दिक्षान्त समारोह गर्ने तरखरमा छ । केयु अहिले स्नातक र स्नातकोत्तरमा गरी वर्षमा ४ हजारभन्दा बढीलाई उपाधि दिने अवस्थामा पुगेको छ र २०० भन्दा बढी विषयको पठनपाठन भइरहेको उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले बताए । यो विश्वविद्यालयले अहिलेसम्म ४३ हजारभन्दा बढी स्नातकहरु उत्पादन गरिसकेको छ ।

अनुसन्धानमा पकड जमाएको केयुसँग ४४.०४ हेक्टर जमिन छ भने त्यसमा ६७७६६ स्क्वायर मिटरका भवनहरु निर्माण भइसकेका छन् भने ५०६१ स्क्वायर मिटरका भवनहरु निर्माणाधीन छन् । ४७२६ स्क्वायर मिटरका भवनहरु बन्न लागेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*