सहसचिवमा बढुवाका लागि १५ जना को-को भए सिफारिस ?

२५ मंसिर २०८०, सोमबार ११:०७

काठमाडौं । निजामती कर्मचारी ‘बढुवा सिफारिस समिति’ले प्रशासन सेवाका १५ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको आइतबार बसेको बैठकले उनीहरुलाई कार्यक्षमता मूल्यांकनको आधारमा बढुवाका लागि सिफारिस गरेको हो । निजामती सेवा ऐन २०४९ को दफा २०(४) र २४ च अनुसार ती उपसचिवहरुलाई सहसचिवमा बढुवा सिफारिस गरिएको हो ।

बढुवाका लागि सिफारिस भएकाहरुमा नरबहादुर थापा, गोपीकृष्ण कोइराला, शालिकराम आचार्य, ध्रुव बहादुर खड्का, दीर्घबहादुर पोखरेल, घनश्याम उपाध्याय, तीर्थ प्रसाद धिताल, राजेश गौतम, ऋृषिराम पंगेनी, रामुराज कडरिया, सन्तोष प्रसाद दाहाल, सूर्य बहादुर खत्री, जीवन प्रसाद दुलाल र ऋृषिराज आचार्य छन् ।

यसअघि प्रशासन सेवाकै १५ उपसचिव ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवाका लागि सिफारिस भइसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*