दुई दिनमै १८ सयले सस्तियो सुन, तोलाको कति?

२५ मंसिर २०८०, सोमबार ११:१३

काठमाडौं । साताको दोस्रो दिन सुनको भाउमा गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला १३ सयले घटेको सुनको मूल्य आज सोमबार पुनः प्रतितोला ५०० रुपैयाँले सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन १ लाख १७ हजार र तेजावी सुन १ लाख १६ हजार ४५० रुपैयाँ प्रतितोला कायम भएको छ। अघिल्लो दिन छापावाला सुन १ लाख १७ हजार ५०० र तेजावी सुन १ लाख १६ हजार ९५० रुपैयाँमा कायम भएको थियो।

त्यस्तै, आज चाँदीको भाउपनि घटेको छ। आइतबार प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४१० रुपैयाँमा कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*