संघीय संसदको महासचिवमा पाण्डे सिफारिस, डा. गौतमले दिए राजीनामा

२५ मंसिर २०८०, सोमबार १२:०६

काठमाडौं । संघीय संसदका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् । गौतमको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ । गौतम २०७७ वैशाखमा संघीय संसदको महासचिव नियुक्त भएका थिए ।

उता, संघीय संसदको नयाँ महासचिवमा पद्म प्रसाद पाण्डे सिफारिस भएका छन् । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पाण्डेको नाम महासचिवमा सिफारिस गरेका छन् ।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानूनी व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*