कालोसूचिका ठेकेदार शारदा प्रसाद अधिकारीले सयौं पत्रकारहरुलाई लुम्बिनी लैजाँदै, घरबास उठाउने कार्यक्रमको भव्य उद्घाटन हुँदै

२५ मंसिर २०८०, सोमबार १४:२१

काठमाडौं । विवादित र कालोसूचिका ठेकेदार शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारीले पश्चिम नवलपरासीमा निर्माण गर्न लागेको विवादास्पद हाउजिङ प्रोजेक्टको प्रबद्र्धनका लागि आज र भोलि सयौं पत्रकारहरुलाई लुम्बिनी उतारिने भएको छ ।

काठमाडौंबाट नाम चलेकासहितका र अन्य पत्रकारहरु खाने बस्ने सुविधा सहितको पाँचतारे होटल हायात प्यालेसमा राख्ने गरी लैजान लागिएको हो । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा बृहद रामग्राम बनाउने भन्दै दर्जनौं घरहरु उठाएर नयाँ परियोजना निर्माण गर्न प्रमिश ल्याण्ड नामक कम्पनीको नाममा भव्य कार्यक्रम हुन लागेको हो । अधिकारीको प्रमिश ल्याण्ड नामक हाउजिङ कम्पनीले सर्वसाधारणलाई उठाएर कब्जा गर्न लागेको जग्गामा साउदी अरेबियामा जस्तै मक्का मदिना बनाउन लागिएको भन्दै रामग्राम नगरपालिकाभरी हल्ला गरिएको छ ।

कार्यक्रमकाे संयाेजन भने रामग्राम नगरपालिका, लुम्बिनी बिकास काेष र अधिकारीले गरेका छन् ।

स्थानीयबासीको चर्को विरोधका बीचमा बलपूर्वक जनताको जग्गा कब्जा गर्न खोजिएको सो परियोजनाको भोलि उद्घाटन हुँदैछ । रामग्राम नगरपालिकाले भने सो सम्बन्धमा कुनै स्पष्ट पारेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*