माफियाको डिजाइनमा सरकार ढाल्ने खेल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

२५ मंसिर २०८०, सोमबार १५:५०

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले माफियाको डिजाइनमा सरकार ढाल्ने कसरत भइरहेको बताएका छन् । सत्तारुढ नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा उनले माफियाको डिजाइनमा गठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भइरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले सरकार ढाल्न अदृष्य रुपमा विभिन्न किसिमले गठबन्धन तोडाउने र सरकार ढाल्ने अर्को बनाउने कसरत भइ नै रहेको छ । तर, मैले हेर्दा र गठबन्धनका बैठकहरु सबै नियाल्दा त्यसो गरेर केही हुनेवाला छैन । यो गठबन्धन पूरै अवधि जान्छ ।’

सरकारको एक वर्षे समीक्षा गर्ने र अर्को एक वर्षका लागि नयाँ रणनीति बनाउने तयारीमा आफु लागिरहेको प्रधानमन्त्री प्रचण्डले बताए । प्रचण्डले गएको वर्ष १० पुसमा प्रधानमन्त्रीको सपथ लिएका थिए ।

अर्को प्रसंगमा प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा करिब २०० नेपाली नागरिक भर्ती भएको जानकारी सरकारले पाएको बताएका छन् । भिजिट भिसा र अध्ययन भिसामा रूस पुगेका करिब २०० नेपाली रूसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरुको खोजी भइरहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*