बीवाईडीद्वारा नेपाल भर फास्ट चार्जिङ्गको विस्तार, पहिलो चरणमा ११ डीसी चार्जरको जडान

२५ मंसिर २०८०, सोमबार १६:०१

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक सिमेक्स प्राइभेट लिमिटेडले देशका मुख्य मुख्य स्थानहरुमा ११ डिसी फास्ट चार्जर जडान गरि बिद्ध्युतीय साधनको क्षेत्रमा महत्वपूर्ण मार्गचित्र कोर्न सफल भएको छ ।

नयाँ जडित डीसी फास्ट चार्जर देशका मुख्य शहरहरु, पोखरा, नेपालगंज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा राखिएको छ। यी चार्जर हरु मध्ये, १० ओटा चार्जरले ३० किलोवाटको पावर आउटपुट दिने छ भने मुलकोटमा जडित चार्जर भने ६० किलोवाटको फास्ट चार्जरबाट सुसज्जित छ ।

यसरी, सिमेक्सद्वारा पहिलेनै विभिन्न स्थानमा जडान गरिसकिएका ४० किलोवाटका १४ फास्ट चार्जर नेटवर्कलाई थप विस्तार गरिएको हो। यी चर्जिङ्ग पुर्वाधारहरुको सर्वसुलभ र व्यापक स्थापनाले, सवारी साधनमा दिगो समाधान खोज्ने कम्पनीको प्रतिबद्धतालाइ अझै स्पष्ट पारेको छ।

चर्जिङ्ग स्थानहरु ठ्याक्कै कहाँ छन्? र, तिनको सम्पर्क नम्वरका लागि सिमेक्सको अधिकारिक वेबसाइटमा गएर हेर्न सकिने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*