तीन दिनमै २५ सयले सस्तियो सुन, तोलाको कति?

२६ मंसिर २०८०, मंगलवार १०:४७

काठमाडौैं । केही दिनएता सुनको मूल्यमा लगातार गिरावट आईरहेको छ। आईतबार तोलामा १३ सय र सोमबार ५०० ले घटेको सुन आज मंगलबार पुनः प्रतितोला ७०० ले सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन १ लाख १६ हजार ३०० र तेजावी सुन १ लाख १५ हजार ७५० रुपैयाँ प्रतितोला कायम भएको हो। अघिल्लो दिन छापावाला सुन १ लाख १७ हजार र तेजावी सुन १ लाख १६ हजार ४५० रुपैयाँमा कायम भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्यभने स्थिर रहेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आजपनि सोही मूल्यमा कायम भई कारोबार भईरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*