दूरसञ्चार प्राधिकरणद्वारा यूटीएलसहित ३ कम्पनीको इन्टरनेट लाइसेन्स खारेज

२८ मंसिर २०८०, बिहीबार ०९:२२

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले यूटीएलसहित दूरसञ्चार सेवा प्रदायक ३ कम्पनीले पाएकोे इमेलसहितको इन्टरनेट सेवा अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ।

प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल), म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको लाइसेन्स खारेज गरेको हो। प्राधिकरणका अनुसार तीनवटै सेवा प्रदायकले तोकिएको समयभित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन पेश नगरेपछि लाइसेन्स स्वतः खारेज भएको हो।

त्यस्तै, प्राधिकरणले कम्पनीहरुलाई नियमानुसार तिर्न, बुझाउन बाँकी रकम, दस्तुर तथा विवरणहरु ३० दिनभित्र बुझाउन निर्देशन दिएको छ। अन्यथा प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अघि बढ्ने प्राधिकरणले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*