तीन सयले महंगियो सुन, कतिमा हुँदैछ कारोबार?

२९ मंसिर २०८०, शुक्रबार ११:३३

काठमाडौं । साताको छैठौं दिन सुन महंगिएको छ । शुक्रबार सुन प्रतितोला तीन सयले महंगिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन १ लाख १९ हजार १०० र तेजावी सुन १ लाख १८ हजार ५५० रुपैयाँ प्रतितोला कायम भएको छ। अघिल्लो दिन छापावाला सुन १ लाख १८ हजार ८०० र तेजावी सुन १ लाख १८ हजार २५० रुपैयाँ प्रतितोला कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। बिहीबार १ हजार ४५५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार १ हजार ४७० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*