चौधरी ग्रुपको सीजी टेलिकमले ग्रामीण दूरसञ्चार सेवाका लागि पाएको लाइसेन्स खारेज

२९ मंसिर २०८०, शुक्रबार १६:२१

काठमाडौं । चौधरी ग्रुपको सीजी टेलिकमले ग्रामीण दूरसञ्चार सेवाका लागि पाएको लाइसेन्स खारेज भएको छ।मोबाइल सेवा विस्तारका लागि आधारभूत टेलिफोन सेवाको लाइसेन्स खोजिरहेको कम्पनीले समयमा नवीकरणका लागि आवेदन नदिंदा लाइसेन्स स्वतः खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरण स्रोतले जनाएको छ ।

‘नवीकरणका लागि तोकिएको अवधिमा आवेदन नआएपछि लाइसेन्स स्वतः खारेज भएको छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘यसको जानकारी कम्पनीलाई आइतबार दिइने छ ।’

सीजी टेलिकमले २०६० मंसिर ५ गते नेपाल दूरसञ्चार कम्पनीबाट ग्रामीण दूरसञ्चार सेवाका लागि अनुमति पाएको थियो । अनुमतिपत्र प्राप्त गर्दा उल्लेख गरिएको सर्तमा कम्पनीले लेटर अफ क्रेडिट बुझाएपश्चात मात्रै अनुमतिपत्र कायम हुने भनी उल्लेख गरिएकाले पहिलो पटक नवीकरण गर्दा मंसिर १६ ९डिसेम्बर २० को मिति कायम भएको थियो ।

सोही अधारमा मंसिर १६ गतेभित्र कम्पनीको चौथो नवीकरण हुनु पर्ने थियो । तर, कम्पनीले समयमा आवेदन नदिंदा दुरसञ्चार ऐनमा भएको व्यवस्था अनुसार कम्पनी खारेज हुने पुगेको छ ।

दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ५ अनुसार सीजीले ग्रामीण दूरसञ्चार सेवाका लागि प्राप्त गरेको अनुमतिपत्र स्वतः खारेज भएको हो । दूरसञ्चार ऐन २०५३ को दफा २५ मा अनुमतिपत्रको अवधि बढीमा पच्चीस वर्षको हुने भनी उल्लेख गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*