नेपालमा सीमान्तकृत समुदायका लागि लघु बीमा

१ पुष २०८०, आईतवार १७:३२

पृष्ठिभूमीः
लघु बीमा खासगरी निर्जीवन परिदृष्यहरुका लागि प्रारम्भिक अवस्था मै छ । निरंतर प्रयासका बाबजुद पनि बीमा सेवा प्रभावकारी रुपमा सीमान्तकृत जनसंख्यासम्म पुग्न सकेको छैन । कमजोर समूहहरुको वित्तीय स्थिरता र लचिलोपनलाई प्रत्यक्ष असर नपुगोस भन्नाको लागि यस अवस्थालाई तत्कालै ध्यान दिन जरुरी छ । निर्जीवन लघु बीमासामु देखा पर्ने चुनौतीहरुसँग पक्कै पनि निर्जीवन लघु बीमा कम्पनीहरु अनभिज्ञ छैनन् । विशाल स्रोत साधनहरु तथा स्थापित प्रतिष्ठा बोकेर बसेका ठूलठूला निर्जीवन बीमा कम्पनीहरुको उपस्थितिलाई यी कम्पनीहरुले पहिचान गर्नै पर्ने हुन्छ । तथापि, बलियो उद्देश्य तथा दृढ संकल्पहरुले चुनौतिहरुलाई अवसरका रुपमा बदल्न सक्छौ भन्ने हेक्का सबैले राख्न जरुरी छ ।

उदेश्यः
निर्जीवन बीमा कम्पनीको उद्देश्य भनेको सीमान्तकृत समूहहरुलाई विभिन्न निर्जीवन जोखिमहरुविरुद्ध सुरक्षाको सुनिश्चितता कायम राख्दै लघु बीमा सेवाहरु विस्तार गर्न एक विस्तृत योजनाको विकास तथा कार्यान्वयन गर्नु हो । लघु बीमाको उपलब्धता एवं क्रयशक्त्ति बढाएर उनीहरुको जीविकोपार्जनमा आउन सक्ने अप्रत्याशित घटनाहरुको प्रभावलाई कम गर्ने हो । लघु निर्जीवन बीमा कम्पनीहरुको चाहना प्रतिस्पर्धा गर्ने मात्र नभई उत्कृष्टता हासिल पनि गर्नु हो । विद्यमान निर्जीवन बीमा बजार ठूलठूला नामहरुले भरिएको छ । तर, यस्तो परिदृश्यमा पनि नविनताले अवश्य पनि प्रश्रय पाउने छ । यी कम्पनीहरुको ध्यान नेपालमा बीमा सेवाको पहुँच नपुगेका जनसंख्याहरुलाई उचित समाधान दिनेतर्फ लक्षित हुनुपर्छ । सीमान्तकृत ग्राहकहरुको चाहना तथा परिस्थितिको आंकलन गरेर नीतिहरुको तर्जुमा गर्न सकिन्छ । जुन उनीहरु तर्फ प्रतिध्वनित् होस् ।

निर्जीवन लघु बीमा कम्पनीहरुको अन्तरनिहित लाभका लागि जुजारुपन अति आवश्यक । एक लघु बीमा कम्पनीको रुपमा बजारमा देखा पर्ने परिर्वतन तथा उदयमान प्रवृतिहरुसँग यी कम्पनीहरुले शीघ्रताकासाथ सामना गर्न सक्नुपर्छ । प्रकृयाहरुलाई सुव्यवस्थित बनाउन ग्राहकले सजिलैसँग प्रयोग गर्नसक्ने प्रविधिको अधिकतम प्रयोग, उनीहरुको अनुभवलाई उचित सम्मान तथा निर्वाध सेवाहरु प्रदान गर्न तमतयार भएर बस्नुपर्छ । तथ्यांङ्कहरुको विष्लेषणको माध्यमबाट जोखिम व्यवस्थापनमा बहुमूल्य अन्तर्दृष्टि प्राप्त गरी उचित निर्णय लिन सक्षम हुनु पर्दछ ।

रणनीतिः
निर्जीवन लघु बीमा कम्पनीहरुले सहकार्यलाई रणनीतिको मूलमन्त्र बनाउनु पर्नेहुन्छ । निर्जीवन लघु बीमा सेवाहरुको पहुँच तथा प्रभावलाई बिस्तारित गर्न स्थानीय सरकार, बैक तथा वित्तीय संस्था, सहकारी, साना किसान बैंक, गैर सरकारी संगठनहरु जस्ता निकायहरुसँग रणनैतिक साझेदारी गर्न विशेष ध्यान दिनु आवश्यक छ । यस सहकार्यले व्यक्ति तथा समुदायमा निर्जीवन बीमाको पहुँचलाई सुनिश्चित गर्न सघाउ पुर्‍याउँछ । निर्जीवन लघु बीमा सेवालाई सीमान्तकृत समुदायसम्म लैजान निम्नानुसारको रणनीति अपनाउन जरुरी हुन्छ ।

१. अनुशन्धान तथा विश्लेषणः
-सीमान्तकृत समूहहरुमा लघु बीमाको पहुँचलाई रोक्ने कारक तत्वहरुमा विषेश ध्यान केन्द्रित गर्दै नेपालमा लघुबीमा परिदृष्यको गहन विश्लेषण गर्ने ।
-सीमान्तकृत जनसंख्याका लागि लघु बीमा सेवा पुर्‍याउनका लागि अन्तर्राष्ट्रिय अभ्यासहरु र सफल मोडलहरुको मूल्यांकन गर्ने ।
-सीमान्तकृत समुदायमा बलियो उपस्थिति र प्रभाव भएका स्थानीय तहका संस्थाहरु, गैर सहकारी संस्थाहरु र सरकारी निकायहरुसँग साझेदारी गर्ने ।
-सीमान्तकृत समूहहरुले सामना गर्ने खास किसिमको आवश्यकता र चुनौतिहरु पुरा गर्ने विषेश लघु बीमा सेवाहरु तयार गर्न बीमा प्रदायकहरुसँग सहकार्य गर्ने ।

३. जागरण तथा शिक्षाः
-निर्जीवन जोखिमहरुविरुद्ध सुरक्षा माध्यमको रुपमा लघु बीमाको महत्वबारे सीमान्तकृत समूदायहरुलाई शिक्षित गर्न जागरुकता अभियानको थालनी गर्ने ।
-लघु बीमाको फाइदा एवं उपलब्धताको बारेमा सही सूचना सम्प्रेषित गर्न समुदायमा आधारित कार्यशाला गोष्ठीहरु, डिजिटल प्लेटफर्महरु तथा स्थानीय मिडिया जस्ता विभिन्न माध्यमहरु प्रयोग गर्ने ।

४. पहुँच तथा खर्च गर्न सक्ने क्षमताः
-मोवाईल तथा अनलाईन प्रविधिहरु अत्याधिक प्रयोगमा ल्याएर दर्ता तथा दाबी प्रक्रियाहरुलाई सरलीकृत गर्ने ।
-सीमान्तकृत व्यक्ति तथा समुदायहरुको लागि किफायतीपन सुनिश्चित गर्दै सरलीकृत र लागत प्रभावी लघु बीमा योजनाहरुको विकासको लागि वकालत गर्ने ।

५. नियामक संस्थाको सहयोगः
-सीमान्तकृत समूहहरुको लागि लघु बीमाको विकासलाई समर्थन गर्ने अनुकूल वातावरण निर्माण गर्न सम्बन्धित सरकारी अधिकारीहरुसँग सहकार्य गर्ने ।
-जनसंख्याको कारणले सामना गर्न पर्ने खास चुनौतीहरुलाई सम्बोधन गर्ने नीतिगत सुधारहरुलाई प्रोत्साहन गर्ने जसले गर्दा समावेशीतालाई बढाउंदै लघु बीमा सेवाहरुमा पहुँच विस्तार होस् ।
अपेक्षित परिणामहरुः
यस प्रस्तावको सफल कार्यान्वयनबाट निम्नलिखित परीणामहरुको आशा गर्न सकिन्छः
-नेपालमा सीमान्तकृत समूहहरुका लागि लघु बीमाको पहुँचमा बृद्धि ।
-समूदायहरुमा वित्तीय लचकता एवं जोखिम व्यवस्थापन क्षमतामा बृद्धि ।
-अप्रत्याशित निर्जीवन जोखिमहरु हलुका हुनुका साथै गुणस्तर र आर्थिक उत्पादकतामा बृद्धि ।
-सरोकारवालाहरु, गैरसरकारी संस्थाहरु र सरकारी निकायबीचको सहकार्य र सहयोगमा बृद्धि ।

सांराश:
सीमान्तकृत समूहहरुका लागि लघु बीमा सेवाहरुको वर्तमान खाडललाई सम्बोधन गरेर निर्जीवन जोखिमहरुको वित्तिय प्रभावलाई कम गर्ने सुरक्षा प्रणालीका साथै समाजका सबै भन्दा कमजोर सदस्यहरुलाई सशक्त बनाउन सकिन्छ । अन्तमा, निर्जीवन लघु बीमा कम्पनीहरुले सामना गर्ने चुनौतिहरु अतुलनीय छैनन् भन्ने कुरालाई साक्षातकार गर्न जरुरी हुन्छ । दृढ संकल्प, नविनता तथा सहकार्यको माध्यमबाट यी कम्पनीहरुले नेपालको निर्जीवन लघु बीमाको क्षेत्रमा आफ्नो स्थान सुरक्षित गर्न सफल हुनेछन् । निर्जीवन लघु बीमाका माध्यमबाट ग्राहकको जीवन शैलीमा परिवर्तन ल्याउनुका साथै देशको आर्थिक बृद्धिमा समेत योगदान गर्न सकिन्छ ।

(रिमाल नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन्)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*