एमडिआरटी २०२४ को लक्ष्य पुरा गर्ने आज अन्तिम दिन, बीमा अभिकर्ताहरु अन्तिम प्रयास गर्दै

१५ पुष २०८०, आईतवार ०९:५६

काठमाडौं । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एडिआरटी २०२४ को लक्ष्य पुरा गर्ने आज अन्तिम दिन हो । एमडिआरटीका लागि २०२३ को जनवरी १ देखि डिसेम्वर ३१ सम्ममा तोकिएको लक्ष्य पुरा गर्ने बीमा अभिकर्ता मात्रै छनौट हुने व्यवस्था छ ।

सो व्यवस्था अनुसार एमडिआरटी २०२४ को लागि लक्ष्य पुरा गर्ने आज अन्तिम दिन हो । एमडिआरटीको सदस्य बन्न आजसम्म ४१ लाख ७१ हजार ५०० रुपैयाँ प्रिमियम जम्मा गर्नसक्नुपर्नेछ ।

त्यस्तै, सिओटीका लागि एक करोड १४ लाख २५ हजार ५०० रुपैयाँ लक्ष्य तोकिएको छ भने टिओटीका लागि दुई करोड ५० लाख २९ हजार रुपैयाँ लक्ष्य तोकिएको छ । आजसम्म सो लक्ष्य पुरा गर्नेले मात्रै एमडिआरटी बन्न पाउनेछन् ।

एमडिआरटीको लागि हिजोसम्म तयार पारेका कागजातहरु आज बीमा पोलिसी काटेर लक्ष्य पुरा गर्न सकिनेछ । त्यसको लागि बीमा अभिकर्ताहरु आज अन्तिम अभ्यास गरिरहेका छन् । बीमा कम्पनीहरुले भने पोलिसी काट्ने प्रयोजनको लागि कार्यालय खोलेर सहयोग गरिने जनाएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*