एलएलबी गर्दागर्दै बीमा अभिकर्ता बनेकी रश्मी लगातार तेस्रो पटक एमडीआरटी

१८ पुष २०८०, बुधबार १४:३५

काठमाडौं । २०७२ सालको गोरखा भूकम्प, कोरोना महामारी, विश्व अर्थतन्त्रमा देखिएको मन्दीका बाबजुद आर्थिक संकटबीच नेपाल मै पनि संघर्ष गरेर सफलता लिन सकिँदो रहेछ, भन्ने उएटा गतिलो उदाहरण हुन्, रश्मी गिरी ।
अहिले पनि आर्थिम मन्दीका कारण मुलुकका धेरै क्षेत्रमा मान्छेहरुलाई सास फेर्न मुस्किल भइरहेको चिन्ता गर्ने रश्मी आफ्नो पेशा कर्ममा लगातार सफलताको शिखरमा छिन् ।

६ वर्षको अन्तरालमा आफूलाई अब्बल सावित गरेकी उनी देशको नाजुक आर्थिक अवस्थाका बाबजुद पनि तेस्रो पटक लगातार बीमा अभिकर्ताहरुको अन्तराष्ट्रिय प्लेटफर्म एमडिआरटी, २०२४ को लक्ष्य पूरा गर्न सफल भएकी छन् ।

उनले २०२२ देखि लगातार एमडीआरटीको लक्ष्य पूरा गर्दै आएकी छन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको एजेन्सी म्यानेजर रश्मीले ४२ लाख प्रिमियम संकलन गर्ने एमडीआरटीको टार्गेट पूरा गरेर लगातार सफलता हात पारेकी हुन् ।

दृढ अठोट र संकल्प लिएर लक्ष्य प्राप्तिमा हिँडेकी एउटा कर्मशील महिलाका लागि पारिवारिक जिम्मेवारी, सन्तानको लालनपालन, पेशा, व्यवसाय र पढाई कुनै चुनौति नै होइनन् । यसलाई रश्मीको लक्ष्य प्राप्तिको हुटहुटीले प्रमाणित गरिदिएको छ ।  ललितपुर महानगरपालिका-१८ की रश्मीले एलएलबी पढ्दा पढ्दै २०७४ साल माघदेखि साविक रिलाइन्स लाइफ इन्स्योरेन्स कम्पनीमा आवद्ध भई काम गर्न थालेकी थिईन् । बीमा अभिकर्तासँगै उनले एलएलबीको पढाई पूरा गरिन् । अब एलएलएम्, पूरा गर्ने लक्ष्य छ ।

दुई छोरीको लालनपालनसँगै उनले बीमा अभिकर्ता पेशा गरेर पोखरामा रेष्टुरेन्ट चलाएकी छन् । उनी भन्छिन्, ‘बीमा अभिकर्ता पेशाले मेरो जीवन सहज बनाइदिएको छ ।’ आफ्नो बहिनी ज्वाइँ र उनका साथीहरुको बीमा गराएर अभिकर्ता पेशामा टेकेकी उनले यो वर्ष मात्रै १३-१४ वटा पोलिसी बेचेकी छिन् ।

अन्य क्षेत्रमा भन्दा बीमा क्षेत्रमा काम गर्दा सरसहयोग भने असाध्य मिल्ने उनको अनुभव छ । सुरुमा पोलिसी बेच्न गाह्रो नभए पनि बीचमा अफ्ठेरो पर्दा सिनियर एवं सहकर्मीहरुबाट निकै सहयोग मिलेको रश्मीले बीमापोष्टलाई बताइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*