प्रभु क्यापिटल र सिद्धार्थ बिजनेश ग्रुपबीच छुट सम्झौता

१८ पुष २०८०, बुधबार १६:१२

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीसँग छुट सम्झौता गरेको छ। आज (पुस १८ गते) गरिएको उक्त छुट सम्झौता दुई वर्षसम्म लागु हुनेछ ।

सो सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा सिद्धार्थ बिजनेश ग्रुपको तर्फबाट कर्पोरेट सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर नृपेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता बमोजिम सिद्धार्थ बिजनेश ग्रुप अन्र्तगतको होटेल, रेर्सोट, रेष्टुरेन्ट तथा क्याफे आदिमा सेवा लिदा क्यापिटलका हितग्राही ग्राहकले खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा रुम बुकिङ्गमा २० प्रतिशत छुट अफर पाउने भएका छन् । छुटका लागि ग्राहकले आफ्नो डिम्याट कन्फर्मेशन तथा परिचय पत्र देखाउनु पर्नेछ ।

सिद्धार्थ ग्रुपले नेपालको विभिन्न जिल्लाहरुमा हस्पिट्यालिटी सेवाहरु दिदै आएको छ । जसमा हाल १४ होटेल तथा रेर्सोट, ४ रेष्टुरेन्ट, २ क्याफे गरि २० स्थानबाट सेवा दिदै आएको छ ।

यसमा सिद्धार्थ बुटिक होटल बौद्ध, सिद्धार्थ कटेज रेष्टुरेन्ट तीनकुने, एस क्याफे सुविधानगर, तीनकुने, सिद्धार्थ कटेज रेष्टुरेन्ट धोबीघाट, सिद्धार्थ फुडल्यान्ड पुरानो बानेश्वर, सिद्धार्थ कटेज एण्ड होटेल बुटवल, सिद्धार्थ भिलासा भैरहवा, सिद्धार्थ होटल ग्रीन लुम्बिनी, सिद्धार्थ भिलासा चितवन, रिभर साइड रिसोर्ट चुम्लिङ्गटार, चितवन, सिद्धार्थ लुम्बिनी ग्रीन रिर्सोट चन्द्रौटा रहेको छ ।

त्यसैगरी, यसमा सिद्धार्थ नेपालगन्ज, कटेज रेष्टुरेन्ट नेपालगन्ज, एस क्याफे नेपालगन्ज, सिद्धार्थ होटल टीकापुर, कैलाली, सिद्धार्थ रिसोर्ट चिसापानी, कैलाली, सिद्धार्थ होटल ग्रान्ड सिटी बिर्तामोड, सिद्धार्थ होटल न्यू आनन्द महेन्द्रनगर, सिद्धार्थ सन्नी रिसोर्ट सुर्खेत, सिद्धार्थ होटल वाटर टावर नुवाकोट आदि रहेका छन् ।

प्रभु क्यापिटल लिमिटेड मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो । यसले समयानुसारकोे प्रविधि अपनाउँदै ग्राहकहरुलाई प्रभावकारी रुपमा मर्चेन्ट बैकिङ्ग सेवा दिनुका अतिरिक्त समय समयमा यस्ता व्यवसायिक सम्झौता गरी छूट तथा अफरका माध्यमबाट ग्राहकलाई अझे सन्तुष्टि दिन अग्रसर रहेको देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*