एकै दिनमा एमडीआरटीको टार्गेट पुरा गरेका रामबहादुरलाई नेपाल लाइफले विशेष सम्मान गर्दै

२० पुष २०८०, शुक्रबार १३:४७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट सन् २०२४ का लागि १ सय ७ जना मिलियन डलर राउण्ड टेबुल (एमडीआरटी) बन्न सफल भएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कै सिनियर एजेन्सी म्यानेजर रामबहादुर ओलीले भने सन् २०२५ को लागि एकै दिनमा टार्गेटेड शीमा शुल्क संकलन गरेर रेकर्ड कायम गरेका छन् ।

एकै दिनमा टार्गेट पुरा गरेका रामबहादुर सन् २०२५ को एमडीआरटीमा अहिल्यै परिसकेका छन् । जसकारण उनलाई नेपाल इन्स्योरेन्सले विशेष सम्मान गर्न लागेको छ । यस्तै, उनले नेपाल इन्स्योरेन्सबाट लगातार पाँचौ पल्ट एमडीआरटीमा परेको रकर्ड पनि बनाएका छन् ।

सन् २०१९ बाट सुरु भएको एमडीआरटीमा रामबहादुर सन् २०२१ देखि लगातार पर्दै आएका छन् । सन् २०२१ मा पहिलो पल्ट उनी कोर्ट अफ द टेबल (सीओटी)मा परेका थिए । जुन् वर्ष कम्पनीमा कार्यरत २३८ नना एमडीआरटी र २० जना सीओटी ९ जना टफ अफ द टेबल (टीओटी)मा परेका थिए ।

२०६९ सालमा नेपाल इन्स्योरेन्स छिरेका रामबहादुरले अहिलेसम्म ५ सय बढी बीमा पोलिसी बेचिसकेका छन् । नेपाल इन्स्योरेन्स आउनु भन्दा पहिले उनी नेशनल लाफइफमा थिए । आफ्ने पूर्णकालीन पेशा नै बीमालाई बनाएका उनले थुप्रै बीमा अभिकर्ता उपत्पादन गरिसकेका छन् । र, नेपालमै रोजगारी पाएकोमा खुसी छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*