पेशागत बीमा अभिकर्ता संघ, नेपाल लाइफ इकाईको विशेष अधिवेशन काठमाडौंमा सुरु

२१ पुष २०८०, शनिबार १४:११

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ, नेपाल लाइफ इकाईको विशेष अधिवेशन आज काठमाडौंमा सुरु भएको छ । संघको आज आह्वान गरिएको विशेष अधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको छ ।

कानुन मन्त्री धनराज गुरुङले विशेष अधिवेशनको उद्घाटन गरेका छन् । विशेष अधिवेशनको उद्घाटन सत्रमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रविन रमण पराजुली तथा पेशागत बीमा अधिकर्ता संघका केन्द्रीय अध्यक्ष केदारनाथ अधिकारीलगायतका केन्द्रीय पदाधिकारीहरुको उपस्थिति रहेको छ ।

आज बीमा अभिकर्ताहरुले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय कमलादीबाट राष्ट्रियसभागृहसम्म विविध झाँकीसहित र्याली निकालेका थिए । बीमा अभिकर्ताहरुको पेशागत हक हितको लागि स्थापित संघको आज सम्पन्न विशेष साधारणसभाले नयाँ नेतृत्व पनि चयन गर्नेछ ।

हेरौं फोटो फिचर

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*