बीमा अभिकर्ताबाट कन्भिन्सिङ शैली सिक्न आएः कानुन मन्त्री गुरुङ

२१ पुष २०८०, शनिबार १५:४२

काठमाडौं । कानुन मन्त्री धनराज गुरुङले बीमा अभिकर्ताहरुमा रहेको कन्भिन्सिङ पावर सबैले सिक्न आवश्यक भएको बताएका छन् । पेशागत बीमा अभिकर्ता संघ, नेपाल लाइफ बीमक समितिको केन्द्रीय विशेष अधिवेशनको प्रमुख अतिथिको रुपमा आज सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

मन्त्री गुरुङले बीमा अभिकर्ता देशको मेरुदण्ड भएको बताउँदै बीमा अभिकर्तामा रहेको कला समेत निकै महत्वपूर्ण रहेको बताए । पेशागत बीमा अभिकर्ता संघको आजदेखि सुरु भएको विशेष अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरुङले देशमा विद्यमान भ्रष्टाचार, अनैतिकताको अन्त्य जरुरी भएको बताए ।

मन्त्री गुरुङले बीमा अभिकर्ताहरु मैत्री कानुन आवश्यक भएको बताउँदै कानुन मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्न आफूहरु तयार रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*