बीमा अभिकर्ताहरुको पुँजि निर्माणमा अग्रणी भूमिका छ, ८०० अर्बको बीमाकोष जम्मा गर्ने हामी हौंः अध्यक्ष अधिकारी

२१ पुष २०८०, शनिबार १५:४६

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष केदारनाथ अधिकारीले बीमा अभिकर्ता पेशामा आबद्ध सबै अभिकर्ताहरु देश विकासको लागि आवश्यक पुँजि निर्माणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।

पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बीमक समितिको विशेष अधिवेशनको उद्घाटन सत्रलाई आज काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष अधिकारीले बीमा अभिकर्ताको सम्बन्ध देश विकाससँग जोडिएको बताएका हुन् ।

संघका केन्द्रीय अध्यक्ष अधिकारीेले भने, ‘हामी बीमा अभिकर्ताहरु पुँजि निर्माणमा अग्रणी भूमिका निर्वाह गर्ने बर्ग हो । बीमा बजार अघि बढेको दुई दशक भएको छ । यस अवधीमा बीमा अभिकर्ताहरुकै योगदानका कारण देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा ८०० अरब रुपैयाँको बीमा कोष जम्मा गर्न सफल भएको छ । त्यो रकम चानेचुने होइन । त्यत्रो रकम जम्मा गर्ने तपाईहामीहरु हौं ।’ अध्यक्ष अधिकारीले देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने बर्ग बीमा अभिकर्तालाई हेप्न, पेल्न र सेवा सुविधा खोसिन खोजेमा कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘यो बर्गसँग सहमति नगरिकन जे जस्ता गतिविधिहरु संस्थागत निकायहरुले अघि बढाएका छन् । मलाई लाग्छ, यसमा सुधार हुनेछ । हाम्रो हित नमर्ने गरी सरोकारवालाहरुसँग परामर्श गरेर अघि बढाइनेछ भन्ने कुरामा आशावादी छौं ।

अध्यक्ष अधिकारीले हालै सार्वजनिक लेखा समितिले तीन बर्षभित्रका बीमा पोलिसीमा समेत ७५ प्रतिशत बीमा शुल्क रकम फिर्ता गर्न दिएको निर्देशन गम्भिर प्रकृतिको भएको बताउँदै यसले बीमा कम्पनी र बीमा अभिकर्ता दुवैलाई गम्भिर बनाएको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*