नेपाल लाइफका ११६ जना एमडिआरटी बिजेताहरु सम्मानित, उत्कृष्टतामा बीमा अभिकर्ताको योगदान अतुलनीयः सिईओ पराजुली

२४ पुष २०८०, मंगलवार १२:३५

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी बिजेताहरुलाई भव्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।सोमबार काठमाडौंमा आयोजित भव्य कार्यक्रमका बीचमा एमडिआरटी बिजेताहरुलाई कम्पनीले भव्य सम्मान तथा तालिम प्रदान गरेको हो ।

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यही पौष २३ गते काठमाडौंका देशैभरिबाट एमडिआरडी बिजेताहरुलाई भेला पारेर विशेष सम्मान तथा पुनर्ताजगी तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

सन् २०२३ को जनवरी देखि डिसेम्वर अन्तिम दिनसम्म एमडिआरटीको लागि तोकिएको लक्ष्य पूरा गर्ने ११६ जना बीमा अभिकर्ताहरु एमडिआरटी २०२४ का लागि छनौट भएका छन् ।यसरी छनौट भएका अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको हो । सो कार्यक्रममा एमडिआरटी, सिओटी र टिओटी बिजेताहरु सहभागी भएका थिए ।

नेपालमा अभिकर्ताहरुमा लागि एमडिआरटी एउटा टार्गेट बनेको छ । बीमा अभिकर्ताको काम गर्दै गर्दा के बन्ने त भन्नेहरुमा लागि यसले ठुलो हौसला प्रदान गर्ने गरेको छ । त्यसमा पनि एमडिआरटी बनेका अभिकर्ताहरुले विश्वव्यापी मान्यता पाउने गर्छन् । उनिहरु एमडिआरटी सम्मेलनमा समेत सहभागी हुन पाउने भएकाले अभिकर्ताहरुका लागि यो आकर्षक लक्ष्य बन्ने गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले बीमा अभिकर्ता कम्पनीका मेरुदण्ड भएकोले उनीहरुकै अथक मेहनत, परिश्रमको कारण आज कम्पनी उत्कृष्ट बन्न सफल भएको बताउँदै आगामी दिनमा अझै उत्कृष्ट कम्पनी बनाउन अभिकर्ताहरुको थप भूमिका आवश्यक रहेको बताएका थिए ।

सिईओ पराजुलीले नेपाल लाइफको आजको सफलतामा बीमा अभिकर्ताहरुको योगदान अतुलनीय रहेको बताउँदै आगामी दिनमा पनि अभिकर्ताहरुबाट अझै थप योगदानको अपेक्षा गरिएको बताए । कार्यक्रममा महाप्रबन्धक उमापति पोखे्रलले कम्पनीको आगामी रणनीतिको बारेमा प्रकाश पार्नुका कार्यक्षेत्रमा खटिदा बीमा अभिकर्ताहरुले खेल्नुपर्ने भूमिका र दायित्वको विषयमा बीमा अभिकर्ताहरुलाई दिक्षित गरेका थिए ।

त्यसमा पनि एमडिआरटी बनेका अभिकर्ताहरुले विश्वव्यापी मान्यता पाउने गर्छन् । उनिहरु एमडिआरटी सम्मेलनमा समेत सहभागी हुन पाउने भएकाले अभिकर्ताहरुका लागि यो आकर्षक लक्ष्य बन्ने गरेको छ ।सम्मान कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली तथा सञ्चालक समितिका कमलेश अग्रवाल र विमल कुमार ढकालको उपस्थिती रहेको थियो ।

कार्यक्रममा अभिकर्ता उत्प्रेरणा कृष्णहरी बास्कोटाले दिएका थिए । भने कार्यक्रम संचालन कम्पनी सचिव विनोद भुजेलले गरेका थिए ।उमापति पोखेलले कार्यक्रमलाई भव्य र सभ्य बनाइदिएकोमा संचालक, कम्पनी, कार्यक्रम व्यवस्थापक र आयोजक टिमलाई बिशेष धन्यवाद दिँदै कार्यक्रम समापन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*