नेशनल लाइफका ८७ जना अभिकर्ता एमडीआरटी २०२४ मा क्वालिफाइड

२ माघ २०८०, मंगलवार ११:२४

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आव २०२३ को व्यवसायको आधारमा एमडिआरटी २०२४ का लागि ८७ जना बीमा अभिकर्तालाई लक्ष्य पुरा गराउन सफल भएको छ ।

कम्पनीले जनाए अनुसार २०२३ को जनवरी १ देखि २०२३ को जनवरी ३१ सम्मको एक वर्षको अवधीमा कम्पनीमा कार्यरत ८७ जना बीमा अभिकर्ताहरु एमडिआरटीका लागि छनौट भएका छन् ।

बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटीले २०२४ लागि तोकेको ४२ लाखको लक्ष्य पुरा गर्ने बीमा अभिकर्ताहरु एमडिआरटीमा छनौट भएका हुन् । तोकिएको करिब ४१ लाख रुपैयाँ प्रथम बीमा शुल्कसहित तोकिएको संख्याका बीमा पोलिसी पुरा गरी कम्पनीमा कार्यरत ८७ जना बीमा अभिकर्तालाई लक्ष्य चुमाउन सफल भएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध ८७ जनाले लक्ष्य पुरा गरेकोले उनीहरुले चाहेमा एमडिआरटीको अन्तर्राष्ट्रिय प्लेटफर्ममा भाग लिन पाउने छन् ।

*अपडेट गरिएको

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*