पाँचसय भन्दा धेरै नेपाली अभिकर्ता एमडीआरटी २०२४ का लागि योग्य

रिना खत्री
२१ माघ २०८०, आईतवार १४:२६

काठमाडौं । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी)मा पाँच सयभन्दा बढी अभिकर्ता योग्य भएका छन् ।बीमा अभिकर्ताहरुको महाकुम्भ मेलामा सहभागी हुनको लागि यो बर्ष नेपालबाट ५ सय ५० जना अभिकर्ताहरु योग्य भएका छन् ।

नेपालबाट एमडिआरटीको टार्गेटको लागि ५ सय ५० जना अभिकर्ता योग्य भएपनि क्यानडाको भ्यानकुभरमा हुन लागेको कार्यक्रममा ५ प्रतिशत बीमा अभिकर्ताहरुले मात्रै कार्यक्रममा सहभागी जनाउने छन् ।
विश्वभरबाट बीमा अभिकर्ताहरु यो कार्यक्रमको लागि एक बर्षदेखिको प्रतिक्षामा रहेका हुन्छन् । नेपाली बीमा बजारबाट बीमा व्यवसाय गरिरहेका बीमा अभिकर्ताको लागि नयाँ बिषय बुझन पाउने माध्यम एवं पाठशाला पनि एमडिआरटीलाई बीमा अभिकर्ताहरुले लिने गरेको छ।

सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्म बीमाशुल्क संकलन गरेर लक्ष्य पूरा गरेका अभिकर्ता सन् २०२४ को एमडीआरटीमा छनौट भएका हुन् ।सन् २०२४ का लागि नेपालका एक हजार जनाभन्दा धेरै अभिकर्ताले एमडीआरटी संस्थाले दिएको लक्ष्य पूरा गरेका छन् ।

सन नेपाल लाइफ, मेट लाइफ बाहेक अन्य कम्पनीका अभिकर्ताले पनि अभिकर्ताको परिक्षा दिएका छन् । ती कम्पनीहरुले भने एमडिआरटीको तथ्यांक प्रशोधन गर्ने काम सकाएका छैनन् ।

त्यसैले नेपालबाट एमडीआरटीको लक्ष्य पूरा गर्नेहरुको तथ्यांक भने बढ्ने देखिन्छ । कम्पनीहरुले उपलब्ध गराएको विवरण एमडिआरटीको क्रम थप बढ्ने देखिन्छ । कम्पनीले दिएको एमडिआरटीको तथ्यांक अनुसार यो बर्ष ५ सय ५० जना अभिकर्ता एमडीआरटी २०२४ का योग्य भएका छन् ।

हाल नेपालमा संचालनमा रहेका उत्कृष्ट कारोबार गर्दै आएको जीवन बीमा कम्पनीहरुमा एमडीआरटीको टार्गेट पुराउने अभिकर्ताको सङख्या घटेको छ । कोरोना अवधि अघि एक हजार भन्दा बढी अभिकर्ताहरु एमडिआरटीका लागि योग्य गर्ने अभिकर्ताहरुको सङख्या घटीरहेको कम्पनीहरुले बीमापोष्टलाई डाटा सकलन गर्ने क्रममा दिएको तथ्यांकले यस्तो देखाएको छ।

सन् २०२२ सम्म्मा १ हजार माथि नै बीमा अभिकर्ता एमडिआरटीको एक्चीभर थिए । आर्थिक मन्दीको कारण उत्कृष्ट कारोबार गर्दै आईरहेको एजेन्सी म्यानेन्जर एवं अभिकर्ताहरु वैदेशिक रोजगारीमा जाने र अन्य पेशामा जाने प्रवित्ति बढ्दैछ।

सम्रग देशको आर्थिक अवस्था नै जटिलताबाट सुधारोन्मुखतर्फ गईरहेको बेला बीमा क्षेत्रमा यो अवस्था आउनु सामान्य रहेको नेपाल लाइफका सिनियर एजेन्सी मनेन्जर नन्द तिवारी बताँउछन् ।नेपालमै सर्वाधिक कारोबार गर्दै आईरहेको नेपाल, एलआईसी र नेशनल लाइफले कति एमडिआरटी उत्पादन गर्छ भन्ने बिषयमा प्रश्न चिन्ह्र उठ्न्ु स्वभाविक नै हो । कम्पनी सुरुवाती दिनदेखि नै मर्जर पछि बलियो बनेर खडा भएका कम्पनीहरुलाई पनि चुनौती दिँदै आफनो साख जोगाउन सफल उत्कृष्ट कम्पनीहरु हुन् ।

निरन्तर रुपमा बीमा क्षेत्रका बलियो खम्बाको रुपमा यी तीन कम्पनी चिनिन्छन् । यी तीन कम्पनी दक्ष बीमा अभिकर्ता उत्पादन गर्ने उत्कृष्ट कम्पनी हुन् । बीमा प्राधिकरणले नयाँ बीमा कम्पनीहरुलाई लाइसेन्स दिएपछि कम्पनीहरुले यी टप थ्री कम्पनीका उत्कृष्ट अभिकर्ताहरुलाई नै पहिलो प्राथमिकतामा राखेर कम्पनी संचालनमा ल्याएका बीमा अधिकारीहरुको भनाई छ ।

यो बर्ष सबैभन्दा धेरै एमडिआरटी टार्गेट पुराउने कम्पनी एलआईसी नेपाल बनेको छ । कम्पनीबाट सन् २०२४ का लागि ११८ जना अभिकर्ताहरु क्वालिफाईड भएका छन् ।दोस्रोमा नेपाल लाइफ रहेको छ। कम्पनीबाट यो बर्ष दुई जना सिईओटी सहित ११६ जना अभिकर्ता सन् २०२४ का लागि योग्य भएका छन् ।

त्यस्तै, टप थ्री लेभलमा कारोबार गर्दै आएको नेशनल लाइफबाट सन् २०२४ को एमडिआरटीको लागि ८३ जना अभिकर्ता योग्य भएका छन् ।मर्जरपछि टप थ्री कम्पनीसँग प्रतिस्पधीको रुपमा देखिरहेको हिमालयन लाइफ पनि पछिल्लो समय कारोबारमा अगाडि नै देखिन थालेको छ।सन् २०२४ का लागि कम्पनीबाट ५० अभिकर्ताहरु एमडीआरटीका लागि योग्य भएका छन् ।

त्यस्तै, आइएमई लाइफबाट ३१ जना बीमा अभिकर्ता, सूर्य लाइफ र ज्योति लाइफ मिलेर बनेको संयुक्त सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट ३१ जना अभिकर्ताहरु योग्य भएका छन् ।सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका २७ जना अभिकर्ताले एमडीआरटीको लक्ष्य पूरा गरेका छन् ।त्यस्तै, रिलायबल नेपाल लाइफका २३ जना, राष्ट्रिय जीवन बीमा कम्पनीबाट २० जना अभिकर्ताहरुले एमडीआरटीको लक्ष्य पुरा गरेका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध भएका अभिकर्ताहरुमध्ये २० जनाले एमडीआरटीको लक्ष्य पुरा गरेका छन् ।

कम्पनीबाट प्राप्त तथ्यांक अनुसार प्रभु महालक्ष्मी लाइफका नौ जना अभिकर्ताले एमडीआरटीको लागि योग्य भएका छन् ।
एशियन लाइफबाट नौ जना अभिकर्ता सन् २०२४ का नौ जनाले एमडीआरटीको लक्ष्य पूरा गरेका छन्।

एमडीआरटीमा नेपाली बीमा कम्पनीले पनि सहभागीता जनाउँदै आएका छन् । सन् २०२४ को एमडीआरटी सम्मेलन क्यानडाको भ्यानकोभरमा हुँदैछ जसमा संस्थाले दिएको लक्ष्य नेपालका बीमा अभिकर्ताले पूरा गरेका छन् ।

एलआइसी नेपालले सबैभन्दा पहिले एमडीआरटीमा सहभागिता जनाएको थियो । पछिल्लो समय पुराना बीमा कम्पनीसँगै नयाँ बीमा कम्पनीले पनि सो संस्थामा सहभागीता जनाउँदै आएका छन् ।

सिओटी र टीओटीमा टप थ्री कम्पनीबाट कतिजना भए योग्य ?

सन् २०२४ का लागि नेपालको तर्फबाट सबैभन्दा धेरै टिओटी टार्गेट पुराउने कम्पनी एलआईसी बनेको छ। कम्पनीमा २९ लाख रुपैयाँ टार्गेट पुराउने तीन जना अभिकर्ताहरु रहेका छन् । कम्पनीमा मात्रै टिओटी योग्य अभिकर्ता रहेका छन् ।

सिईओटीमा एलआईसी नेपालबाट १०, नेशनल लाइफबाट चार र नेपाल लाइफबाट दुई जना रहेका छन् ।सिटिजन लाइफबाट पनि १ जना सिईओटी योग्य भएको कम्पनीबाट प्राप्त जानकारी आएको छ।

सानिमा रिलायन्स लाइफबाट एक जना टिओटीका लागि योग्य भएका छन् ।

के हो एमडीआरटी ?

जीवन बीमा अभिकर्ताहरूका लागि एमडीआरटी अन्तरराष्ट्रिय संस्था हो । यसको प्रधान कार्यालय अमेरिकाको सिकागो राज्यमा अवस्थित छ ।

एमडीआरटीको पूरा नाम मिलियन डलर राउण्ड टेबल हो । विश्वका ठूला ३२ ओटा जीवन बीमा कम्पनीको अग्रसरतामा सन् १९२७ मा एमडीआरटीको स्थापना भएको छ । अहिले ८० देशका विभिन्न बीमा कम्पनीका ७ सय कम्पनीका जीवन बीमा अभिकर्ता यसको सदस्य भएका छन् । एमडीआरटीको सम्मेलन प्रत्येक वर्ष अमेरिकामा हुन्छ । यससँग आबद्ध भएका देशका लागि एमडीआरटीले लक्ष्य (टार्गेट) निर्धारण गरेको हुन्छ । सो लक्ष्य ती देशका जीवन बीमा कम्पनीका अभिकर्ताहरूले पूरा गर्नुपर्छ ।

निर्धारित लक्ष्य प्राप्त गरिसकेपछि एमडीआरटीको सदस्यता लिन योग्य मानिन्छ । यसले प्रत्येक वर्ष फरकफरक लक्ष्य निर्धारण गरिदिएको हुन्छ र सम्बन्धित देशका जीवन बीमा कम्पनीका अभिकर्ताले सो पूरा गरी एमडीआरटीको सदस्यता नवीकरण गर्न सक्छन् ।

लक्ष्य प्राप्त गरी सो संस्थामा सदस्य हुनेले एमडीआरटीको सम्मेलनमा भाग लिन पाउँछन् । सदस्यहरूले प्रत्येक वर्ष एमडीआरटीले निर्धारण गरेको सदस्यता शुल्क तिर्नुपर्ने हुन्छ । यसप्रकार १० वर्षसम्म एमडीआरटी सदस्यता नवीकरण गर्नेहरू ‘लाइफ मेम्बर’ हुन सक्छन् ।

एमडीआरटीले प्रत्येक वर्षको जनवरी १ देखि डिसेम्बर ३१ सम्मका लागि आबद्ध मुलुकका लागि लक्ष्य निर्धारण गरेको हुन्छ ।
नेपाल पनि सन् २००३ देखि एमडीआरटीको सदस्य बनेको छ । त्यसबेला केही अभिकर्ताहरू एमडीआरटीको सम्मेलनमा भाग लिन अमेरिका गएका थिए । ती अभिकर्ताहरूले आफ्नो देशको नाम एमडीआरटीको पङ्क्तिमा राखी देशको गौरव बढाएका थिए ।

एमडीआरटीले अभिकर्ताहरूका लागि कोर्ट अफ द टेबल (सीओटी) र टफ अफ द टेबल (टीओटी) नामक अन्य दुई संस्था पनि प्रस्तुत गरेको छ । सीओटीको लक्ष्य एमडीआरटीको तीन गुणा बढी हुन्छ ।
टीओटीको लक्ष्य एमडीआरटीको ६ गुणा बढी हुन्छ । एमडीआरटीले आफूसँग आबद्ध हरेक देशका लागि अमेरिकन डलरका आधारमा फरकफरक लक्ष्य निर्धारण गरेको हुन्छ ।
दिएको लक्ष्य पूरा गर्ने र सदस्यता शुल्क तिरेका विश्वभरका अभिकर्ताहरुले सो सम्मेलनमा सहभागीता समेत जनाउन पाउने व्यवस्था छ ।

एमडिआरटीको सदस्यता लिँदा के हुन्छ फाइदा ?

यस संस्थाको लक्ष्य हासिल गर्नुलाई हरेक अभिकर्ताको प्रतिष्ठाको विषयको रुपमा लिइन्छ ।

अभिकर्ताहरुको क्षमता अभिवृद्धिका लागि यस संस्थाको सम्मेलन महत्वपूर्ण मानिन्छ । बजारमा यस संस्थाको टार्गेट पूरा गरेका अभिकर्तालाई हेर्ने नजर राम्रो हुने र स्वयं अभिकर्तालाई पनि आफ्नो क्षमता अभिवृद्धिमा सहयोग पुग्ने भएकाले यसप्रति अभिकर्ताको आकर्षण बढ्दै गएको देखिन्छ ।

नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले यस संस्थाको सदस्यता लिएका छन् । यस संस्थामा आबद्ध भएको नेपालको पहिलो जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) हो । एलआइसी नेपालले सबैभन्दा पहिले यस संस्थाको सदस्यता लिएको थियो ।

त्यसपश्चात् नेपाल लाइफ, नेशनल लाइफ हुँदै हाल सबै जीवन बीमा कम्पनीहरु एमडिआरटीको टार्गेट पुराउने दौरानमा देखिन्छन् । कम्पनीहरुमा एमडिआरटीको लागि अभिकर्ताहरुको रौनक पछिल्लो समय नयाँ होस् वा पुरानो दुबैमा उत्तिकै नै देख्न सकिन्छ ।

एमडीआरटीको सम्मेलन हरेक वर्ष फरक फरक देशमा हुने गर्दछ । नेतृत्व विकास र क्षमता अभिबृद्धिका लागि एमडीआरटीलाई उत्कृष्ट अन्तर्राष्ट्रिय प्लेटफर्मको रुपमा समेत लिने गरिन्छ ।

कसरी सहभागी हुने, के छ प्रकृया ?

हरेक जनवरी १ देखि डिसेम्बर ३० सम्ममा टार्गेट पूरा गर्नुपर्छ । अन्र्तराष्ट्रिय संस्था एमडीआरटीमा हरेक अंग्रेजी वर्ष जनवरी १ देखि डिसेम्बर अन्तिम ३१ सम्म तोकिएको बीमाशुल्क संकलन गर्न सफल अभिकर्ताहरुले सहभागिता जनाउन सक्दछन् ।

यसका लागि तोकेको समयमा टार्गेट पूरा गरेका व्यक्तिहरुले र साथमा अमेरिकी ६०० डलरसहित दर्ता शुल्क समेत तिर्नुपर्ने हुन्छ । जसको नेपाली पैसा ७९ हजार ७८ सय रुपैयाँ हुन्छ ।सन् २०२२ मा ५५० रुपैयाँ रहेको थियो । संस्थाले वर्षै पिच्छे फरक फरक टार्गेट निर्धारण गर्ने गर्दछ । संस्थाले हरेक वर्ष १० प्रतिशतका दरले टाग्रेट थप्ने अभिकर्ताहरु बताउँछन् ।एमडीआरटीमा तीन प्रकारका सदस्य हुन्छन् । सन् २०२४ का संस्थाले ४६ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्ने लक्ष्य दिएको थियो ।

कोरोना अवधि अघि ४२ लाखबाट घटाएर २३ लाख गर्दै सन् २०२२ मा ३४ लाख रुपैयाँ पुराएर हाल ४६ लाख रुपैयाँ पुराएको छ। एमडीआरटीको ३ गुणा बढी बीमाशुल्क संकलन गरेमा सीओटी अर्थात् कोर्ट डाउन द टेवल बन्न पाउँछन् ।

एमडीआरटीको ६ गुणाभन्दा बढी बीमाशुल्क संकलन गर्ने अभिकर्ताले टीओटी अर्थात् टप अफ द टेवलको उपाधि पाउनेछन् ।वर्षमा एमडीआरटी र सीओटीको मिटिङ एकपटक हुन्छ ।

यस्तै, टीओटीको मिटिङ् पनि अलग हुन्छ । यस्तो मिटिङ भने सबैभन्दा धेरै प्रिमियम संकलन गर्नेका लागि गरिएको हुन्छ ।

नोटः यो विवरण कम्पनीले दिएको एमडिआरटीको सङख्याको आधारमा तयार पारेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*