अनलाईन परिक्षामा प्रणालीबाट सात हजार बीमा अभिकर्ताले लिए लाईसेन्स

१० फाल्गुन २०८०, बिहीबार १२:५३

काठमाडौं । हाल नेपालमा संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमा काम गर्न चाह्ने ७ हजार बढीले अनलाईन परिक्षा उत्तीर्ण गरेका छन् । नेपाल बीमा प्राधिकरणले सञ्चालन गरेको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा( जुम) मार्फत लिएको परिक्षामा मा हालसम्म उत्तीर्ण भएका कुल अभिकर्ता ७ हजार १ सय ८४ पुगेको हो ।

बीमा ऐन २०७९ मा बीमा मध्यस्थकर्ताको लाइसेन्स लिदा परीक्षालाई अनिवार्य गरे सँगै प्राधिकरणले अनलाइन प्रणालीबाट परीक्षाको व्यवस्था गरेको हो । यस भन्दा अगाडी बीमा कम्पनीहरु आफैले लाइसेन्स दिने व्यवस्था थियो । अहिले परीक्षा दिनै पर्ने भए पछि बीमा प्राधिकरणलाई परीक्षा व्यवस्थापन गर्न धौ धौ परिरहेको छ ।

परीक्षाका लागि तयारी गरेकाहरुले पनि लामो समय कुर्नु पर्ने बाध्यता रहेको बीमकहरु बताँउछन् । अनलाइनबाट परीक्षा दिनु पर्ने भएकाले सानो प्राविधिक गडबडीले पनि परीक्षा रद्द हुने गरेको छ । कतिपय प्राविधिक समस्या बाहेक अभिकर्ताहरुले सहजै परीक्षा दिन पाइरहेका छन् ।

प्राधिकरणले तय गरेको परीक्षाका लागि केहि समय भित्रै बुकिङ हुने गरेको छ । कसैले पनि आफ्नो समयमा परीक्षा दिन पाउने अवस्था छैन । सुरु सुरुका दिनमा बीमा प्राधिकरणले अन्य पेशा व्यवसायमा रहेका व्यक्तिहरुलाई पनि मध्यनजर गर्दै विभिन्न समयमा सेड्युल बनाएको थियो । तर अहिले आफ्नो सेड्युल भन्दा पनि बीमा प्राधिकरणले तय गरेको समयमै बुक भए पनि ठुलो उपलब्धी हुने गरेको छ ।

बीमा प्राधिकरणले परीक्षाका लागि समय थप गर्ने अथवा बीमा कम्पनीहरुलाई नै परीक्षा सञ्चालन गर्न दिनु पर्ने अवस्था आएको बीमकहरु बताउछन् । १४ वटा जीवन बीमा कम्पनीका लागि आवश्यक पर्ने अभिकर्ताहरुको परीक्षा केवल बीमा प्राधिकरणले मात्रै सञ्चालन गर्न नसक्ने कम्पनीहरुको धारणा छ ।

परीक्षा प्रणालीको विकास भए सँगै अभिकर्ता बन्नकै लागि भए पनि अध्ययन गर्ने परिपाटीको विकास भएको छ । प्राधिकरणले अनलाइनबाट ५० वटा प्रश्न सोध्ने गरेको छ । यस मध्ये २५ वटा प्रश्नको उत्तर मिल्नु पर्नेछ । यदि २५ वटाको उत्तर मिलेन भने अनुतीर्ण हुने व्यवस्था रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*