एनआईसी एशिया लघुवित्तमा २०३ जना कर्मचारी माग, आवेदन दिने आज अन्तिम दिन

१५ फाल्गुन २०८०, मंगलवार ११:०४

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको रोजागरीको अवसरमा आवेदन दिने आज अर्थात फागुन १५ गते अन्तिम दिन रहेको छ । कम्पनीले विभिन्न पद तथा श्रेणीमा गरी २०३ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले नायब प्रबन्धक, सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत, अधिकृत, सुपरभाइजर, बरिष्ठ सहायक, सहायक तथा प्रशिक्षार्थी सहायक जस्ता पदको विभिन्न श्रेणीमा आवेदन खुलाएको हो ।

सूचनामा तोकेबमोजिमको योग्यता पुगेको इच्छुक व्यक्तिले आज कार्यालय समयभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ । आवेदन संस्थाको वेभसाईटबाट आवेदन दिन सकिनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*