आइजीआई प्रुडेन्सियलले अभिकर्ता तालिम संचालन गर्दै, एसईई उतीर्णलाई अवसर

२७ फाल्गुन २०८०, आईतवार ०९:१४

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चैत्र १३ गतेदेखि १६ गतेसम्म चार दिने निर्जीवन बीमा अभिकर्ता तालिम तथा परीक्षा संचालन गर्ने भएको छ ।

तालिममा न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले सहभागिता जनाउन सक्नेछन् । यसका लागि आवश्यक कागजातसहित चैत्र १२ गतेभित्र कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।

तालिम कम्पनीको प्रधान कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा विहान १० बजेदेखि ४ बजेसम्म संचालन गरिनेछ भने परीक्षा चैत्र १६ गते हुनेछ ।

साथै, उल्लेखित तालिममा ५० जनाभन्दा बढी सहभागी संख्या समावेद गराउन नसकिने हुँदा पहिले प्राप्त भएको निवेदनलाई प्राथमिकता दिइने कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*