अर्बौ कर छली गर्ने एनसेलको टावरमा शक्तिशाली कुकर बम बिस्फोट

२ चैत्र २०८०, शुक्रबार १२:१६

काठमाडौं । शेयर खरिद बिक्रीमा अर्बौ रुपैयाँ कर छली गर्ने एनसेलमाथि नेपाली सर्वसाधारणको आक्रोस बढ्दै गइरहेको छ । सोही क्रममा आज सिन्धुलीको दुम्जामा रहेको एनसेलको टावरमा शक्तिशाली दुई वटा कुकर बम विस्फोट गराइएको छ ।

अज्ञात समुहले सिन्धुली जिल्लाको नेपालथोक भन्दा माथि दुम्जामा रहेको टावर नजिकै शक्तिशाली प्रेसर कुकर बम विस्फोट गराइएको हो । एनसेल सबैभन्दा महंगो शुल्क असुल्ने र अनावश्यक रुपमा नेपाली जनताबाट शुल्क लिने विदेशी लगानीको निजि दुरसञ्चार सेवा प्रदायक कम्पनी हो ।

पछिल्लो समय एनसेलले नै सेटिङ गरेर आफ्ना प्रतिनिधिको रुपमा नियामक नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भुपेन्द्र भण्डारीलाई नियुक्त गराउन सफल भइसकेको छ ।

सर्वत्र आलोचित र घृणाको पात्र बनिरहेको एनसेलको मुख्यालय भैसेपाटीमा २०७५ साल फागुन १० गते शुक्रबार साँझ बम विस्फोट गराएको थियो । अहिले फेरि सोही शैलीमा एनसेलमाथि आक्रमण सुरु भएको छ । उतिबेला ६२ अर्ब रुपैयाँ पुँजिगत लाभकर छली गरेको काण्डमा विद्रोही माओवादीहरुले बम विस्फोट गराए पनि यस पटक कसले विस्फोट गराएको हो भन्ने खुल्न सकेको छैन ।

दुम्जाका स्थानीयबासी तथा सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिल कुमार कोइरालाले घटनाको सम्बन्धमा प्रहरी आएर जाँचबुझ भइरहेको र थप विवरण प्राप्त हुन बाँकी रहेको बताए ।

One thought on “अर्बौ कर छली गर्ने एनसेलको टावरमा शक्तिशाली कुकर बम बिस्फोट

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*