नेपाल टेलिकम भित्र एक करोड ६१ लाख रुपैयाँ घोटाला, अख्तियारद्धारा सिटौलाबिरुद्ध मुद्दा

४ चैत्र २०८०, आईतवार १८:३१

काठमाडौं । नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मल प्रसाद सिटौलाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड ६१ लाख २० हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।

सिटौलाले साविक नेपाल टेलिकमको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०६१ को विनियम ८१(३) र हाल प्रचलित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०७८ को विनियम १०१ बमोजिम व्यापार व्यवसाय संचालन गर्न वा वाह्य कार्य गर्न स्वीकृत लिनुपर्ने कानूनी प्रावधान विपरीत काम गरेको दायर मुद्धामा उल्लेख गरीएको छ ।

हिमडुङ्ग एण्ड थोकर कन्स्ट्रक्सनको सेयर खरिद गरी संस्थापक सेयरधनी बनी कम्पनीको निर्देशकको हैसियतमा उक्त कम्पनीबाट ४५ लाख १७ हजार पाँच सय रुपैयाँ पारिश्रमिक बुझिएको पाइएको छ । साथै, उक्त कम्पनीको रिजर्भमा रहेको नाफाबाट प्राप्त एक करोड १६ लाख रुपैयाँ आय समेत गरी कूल एक करोड ६१ लाख रुपैयाँ गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको आयोगले जनाएको छ ।

Pngt5i

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*