निर्जीवन बीमकको कुल लगानी ६३ अर्ब माथि, एफडीमै ८० प्रतिशत

५ चैत्र २०८०, सोमबार १०:५५

काठमाडौं। निर्जीवन बीमा कम्पनीहरूले आव २०८०/८१ को दोस्रो त्रैमाससम्ममा बैंक तथा वित्तिय संस्था मुद्धती निक्षेप सहित विभिन्न क्षेत्रमा ६३ अर्ब ६४ करोड रुपैयाँ लगानी गरेका छन् ।प्राधिकरणले लगानी निर्देशिका जारी गरेको नौ वर्ष भइसक्दा पनि बीमा कम्पनीहरुले लगानी निर्देशिका अनुसार आफ्नो लगानी योग्य रकमलाई विविधिकरण गर्न सकेका छैनन् ।

Source: Beema Pradikaran

बीमा कम्पनीहरुले सुरक्षा र जोखिमलाई विश्लेषण गरेर अन्य क्षेत्रमा लगानी गर्दा जोखिम रहेकोले बैंकको मुद्दति निक्षेपमा धेरै रकम थन्किएको हो ।

निर्देशका अनुसार बीमा कम्पनीहरूले नेपाल सरकारको बचतपत्र वा ऋणपत्रमा न्यूनतम २० प्रतिशत, क वर्गको बैंक तथा नेपाल पूर्वाधार बैंक लिमिटेडको मुद्दती निक्षेपमा न्यूनतम ३० प्रतिशत, खर ग वर्गको बैंकमा बढीमा १० प्रतिशत, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा १० प्रतिशत, घर जग्गा व्यवसायमा १० प्रतिशत, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा १० प्रतिशत, ‘क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा २० प्रतिशत, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको सुरक्षित डिबेन्चरमा २० प्रतिशत, कृषि, पर्यटन, जलस्रोत लगायतका पूर्वाधारमा १० प्रतिशत, म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ५ प्रतिशत, इन्भेष्टमेन्ट कम्पनीमा ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था रहेको छ।

निर्देशिकामा लगानीको लागि क्षेत्र तोकिएको भएपनि बीमा कम्पनीहरुले ठूलो रकम ‘क’ वर्गका वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेका छन् । वाणिज्य बैंकको मुद्दती निक्षेप बाहेक कुनै पनि क्षेत्रमा बीमा कम्पनीहरुले लगानी निर्देशिका अनुसार सीमा पुर्याएका छैनन् ।

निर्जीवन बीमा कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकको मुद्दती निक्षेपमा कुल लगानीको ८० प्रतिशत लगानी गरेका छन्।

निर्जिवन बीमा कम्पनीहरुमध्ये क, ख र ग वर्गको बैंकको मुद्धती निक्षेपमा ४८ अर्ब २८ करोड रुपैयाँ रकम संञ्चि रहेको छ। निर्जिवन बीमा कम्पनीहरुले क वर्गको बैंक तथा वित्तिय संस्थामा ४ अर्ब ३४ करोड रुपैयाँ रकम संञ्चिती राखेको छ।
त्यस्तै, ख वर्गको बैंकमा १ अर्ब १० करोड रुपैयाँ र ग वर्गको बैंकमा ३ अर्ब ४७ करोड रुपैयाँ मुद्धती निक्षेपमा राखेको छ ।

ऋणपत्र, सूचीकृत क्षेत्रमा निर्जिवन बीमा कम्पनीहरुको लगानी निकै कम लगानी रहेको छ।घरजग्गामा गरिएको लगानी, इन्भेष्टमेन्ट कम्पनीको शेयरमा निर्जिवन बीमा कम्पनीहरुले लगानी गरेका छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*