सम्मान र तालिमपछि प्रभु महालक्ष्मी लाइफका अभिकर्ता उत्साहित, ऊर्जा बोकेर कार्यस्थलमा

५ चैत्र २०८०, सोमबार १२:१०

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले तालिम र सम्मान प्रदान गरेपछि अभिकर्ताहरु उत्साहित बनेका छन् । कम्पनीले चितवनमा चैत २ गतेदेखि  ४ गतेसम्म भव्य कार्यक्रम गरी वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटी २०२४ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले चितवनको नारायणगढमा चैत २ देखि ४ गतेसम्म भव्य कार्यक्रम गरी अभिकर्ताहरुलाई सम्मान गरेको हो

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अभिकर्ता सम्मान कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईले उत्कृष्ट कार्यले नै सम्मानको लागि मार्ग तयार हुने र अभिकर्ताले पाएको सफलतामा सधै कम्पनीको साथ सहयोग रहने बताए ।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले अन्तराष्ट्रिय फोरम एमडिआरटीमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मान सम्मानको एक उत्कृष्ट उदाहरण भएको बताए । साथै, उनले अभिकर्ता पेसा छनोट गरेका अभिकर्ताहरुको मिहिनेतलाई सधै सम्मानको साथ हेरेको समेत बताए ।

कम्पनीका नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरले योग्यहरुको योग्यताको पहिचान आफूले गर्ने कामले प्रस्तुत हुने बताए । ‘यो समय भनेको निरन्तर कार्य गरेर प्राप्त सफलतालाई सेलिब्रेसन गर्ने समय हो’ उनले भने ।

कार्यक्रमलाई सफल बनाउनका लागि कम्पनीका सहायक महाप्रबन्धक टिकादत्त प्याकुरेलले सहभागीहरुलाई साथ, सहयोग दिनुका साथै धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए । एजेन्सी विभाग प्रमुख प्रभात शिवाकोटीको संयोजनमा संचालित कार्यक्रम योगेन्द्र प्रसाद खतिवडाले संचालन गरेका थिए ।

उक्त कार्यक्रममा आउँदै गरेको फागु पूर्णिमा (होली) को शुभकामना आदान प्रदान गरी रंगहरुका साथ नारायणी नदीको क्रुज जहाजमा होली मनाइएको कम्पनीले जानकारी दिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*