नेशनल लाइफको कलंकी शाखा एकै दिनमा १ सयवटा बीमा पोलिसी बिक्री गर्न सफल 

५ चैत्र २०८०, सोमबार १७:५७

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कलंकी शाखाले १ दिनमा १०० वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । कम्पनीले कलंकी शाखाका कर्मचारीको कार्यक्षमता र व्यवसायलाई थप प्रोत्साहन गर्ने बताएको छ ।

हाल कम्पनीको कलंकी शाखा प्रमुखमा आरसी घिमिरे रहेका छन् । उनलाई यसअघि कम्पनीले बेस्ट म्यानेजरको अवार्डबाट पनि सम्मानित गरेको थियो । एजेन्सी म्यानेजर, बीमा अभिकर्ता र कर्मचारीसँग नम्र व्यवहार गर्ने र नेतृत्व गर्न सक्ने क्षमता भएका उनको समुहले एकै दिनमा १०० वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको हो ।

कम्पनीले कर्मचारीको कार्यक्षमता तथा मनोबल बृद्धिको लागि विभिन्न समयमा तालिम तथा भ्रमण योजनाहरु सञ्चालन गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*