अर्थतन्त्रमा देखिएको समस्याको मुख्य जरा उत्पादन र रोजगारी बढ्न नसक्नु होः अर्थमन्त्री पुन

७ चैत्र २०८०, बुधबार १६:३१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रमा देखिएको समस्याको मुख्य जरा उत्पादन र रोजगारी बढ्न नसक्नु भएको बताएका छन् । आज प्रतिनिधि सभामा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

नीजि क्षेत्रलाई लगानीयोग्य वातारण बनाउन सरकारको जोड रहेको पुनले बताए । उनले भने, ‘निजि क्षेत्रलाई लगानीयोग्य वातारण बनाउन सरकारले जोड दिने छ । निजि क्षेत्रलाई प्रोत्साहन गर्नेछ । वैदेशिक लगानीमा जोड दिन्छौं । अर्थतन्त्रमा देखिएका चुनौती सहकारी, लघुवित्त र मिटरब्याजीका समस्या समाधान गर्नका लागि सरकार सकारात्मक रहेको छ । हाल सत्तागठबन्धन हाल देखा परेका समस्या समाधानमा अघि बढेको छ ।’

सरकारकाले चालेको कदमले लघुवित्त र सहकारीमा सकारात्मक प्रभाव परेको अर्थमन्त्री पुनले बताए । ‘आगामि आर्थिक वर्ष बजेट रोजगारी वृद्धिमा जोड दिनेछ । युवालाई स्वदेश मै रोजगारी दिलाउन सरकारको पहिलो प्राथमिकता हुने छ’ उनले भने ।

पूँजीगत खर्च कम बजेट जानु र गएको बजेट पनि खर्च नहुनुले अर्थतन्त्रमा समस्या देखिएको उनको भनाइ रहेको थियो । ‘सन्तुलित विकासमा अबको बजेट आउने छ । कृषिको आधुनिकरण गर्ने सरकारले प्रोत्साहन दिने छ । लगानी अनुसार प्रतिफल नहुने कार्यक्रम खारेज गर्ने हुनेछ’ पुनले भने, ‘कृषि फाम र जडिबुडी फाम स्थापना अबको बजेट मार्फत हुने छ । कृषिमा आधारिक उद्योग निर्माणमा जोड दिने छ ।’

दिगो विकासका लागि सरकारको प्राथमिकता रहेको उनले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*