उपनिर्वाचनका लागि १० करोड रुपैयाँ खर्च हुने, अर्थ मन्त्रालयले दियो स्वीकृति

१२ चैत्र २०८०, सोमबार १०:२८

काठमाडौँ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई १० करोड रुपैयाँ बजेट खर्च गर्न स्वीकृति दिएको छ । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचन र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा हुन लागेको उपनिर्वाचनका उक्त रकम खर्च हुन लागेको हो ।

आयोगले मागेअनुसार मन्त्रालयले रकम खर्च गर्न स्वीकृति प्रदान गरेको गरेको हो । चैत २२ गते अन्तिम मतदाता नामावली निकाल्ने २४ गते उम्मेदवारी दर्ता गरि २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने गरि तयारीमा आयोग रहेको छ ।

यो उपनिर्वाचनमा उम्मेदवारी परे अनुसार मात्र मतपत्रमा चुनाव चिह्न राखिने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*