नबिलका दुई म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
६ आश्विन २०८३, मंगलवार ०७:५०

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल ब्यालेन्स्ड फण्ड ३ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
प्रतिफल वितरण प्रयोजनका लागि दुवै फण्डले भोलि असोज ७ गते बुधबार एक दिनका लागि बुक क्लोज गर्ने भएका छन्। त्यसअनुसार आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका इकाईधनीले दुवै फण्डको प्रतिफल प्राप्त गर्नेछन्।
नबिल ब्यालेन्स्ड फण्ड २ (एनबीएफ २) ले इकाईधनीलाई ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। त्यस्तै नबिल ब्यालेन्स्ड फण्ड ३ (एनबीएफ ३) ले २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ।











