हिमालयन ८०–२० को मूल्य समायोजन, आज कतिमा खुल्छ कारोबार?
६ आश्विन २०८३, मंगलवार ०७:४५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन ८०–२० को इकाईमूल्य समायोजन भएको छ। फण्डले नगद लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो।
नेप्सेले फण्डको १५ प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपछि हिमालयन ८०–२० को इकाईमूल्य ११ रुपैयाँ २ पैसा कायम भएको छ।
फण्डको गत शुक्रबारको अन्तिम कारोबार मूल्यका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो। शुक्रबार फण्डको इकाई प्रतिकित्ता १२ रुपैयाँ ५२ पैसामा अन्तिम कारोबार भएको थियो। अब यही समायोजित मूल्यलाई आधार मानेर आजदेखि दोस्रो बजारमा हिमालयन ८०–२० को इकाई कारोबार खुल्नेछ।











