व्यवसायी प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतको आदेश

१२ चैत्र २०८०, सोमबार १६:३९

काठमाडौ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा सर्वोच्च अदालतबाट रिट जारी भएको छ । सर्वोच्चले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

मेडिकल व्यवसाय हुँदै राजनीतिक कनेक्सन बनाएका दुर्गा प्रसाईले खोलेको उक्त मेडिकल कलेजको सम्बन्धनलाई लिएर लामो समयदेखि विवाद जारी थियो ।मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओआई पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै झापाको बीएन्डसी मेडिकल कलेजको तर्फबाट व्यवसायी दुर्गा प्रसाईँले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्च अदालतले रिट जारी गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*