गैरहाजिर भएका २३ प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन

१३ चैत्र २०८०, मंगलवार ०८:०६

काठमाडौं । बिदा स्वीकृत नगराई कार्यालयमा गैरहाजिर भएका २३ जना प्रहरीहरुलाई सात दिनभित्र उपस्थित हुन नेपाल प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले आज (चैत्र १३ गते) एक सूचना जारी गर्दै गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन आउन आग्रह गरेको हो । तोकिएको समयभित्र पनि हाजिर हुन नआएमा सेवाबाटै हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ । गैरहाजिर हुनेमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्म छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*