घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
१३ चैत्र २०८०, मंगलवार १०:३९

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो ।
मंगलबार छापावाला सुनको मूल्य एक लाख २६ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।